पाल्पा दुर्घटनामा परेका १२ जनाको सनाखत (नामसहित)

रिपोर्ट नेपाल | 2018 Jun 01 | 08:56 am 3401

पाल्पा जेठ १८ : पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परि १२ यात्रुको मृत्यु भएको छ । रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा दुर्घटनामा हुँदा १३ जनाको ज्यान गएकाे  थियाे । १३ जनामध्ये १२ जनाकाे घाइते सनाखत भएकाे छ ।

मृत्यु भएको सबैको सनाखत भएको छ । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णु बज्राचार्य र कृष्णबहादुर बोहोर, तानसेन– २ का लोकनाथ ढकाल, तानसेन– ३ का वसन्ती खाँड, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य र सुुशीलप्रसाद श्रेष्ठ, तानसेन– ६ का दुर्गाबहादुर सारु र गीता बुढाथोकी तथा तानसेन बजारका सचिन बज्राचार्य र कमला कार्की रहेका छन् ।

रामपुरको अध्ययन अवलोकन भ्रमणमा निस्केको तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको टोली चढेको लु२ख ९७५ नं को बस आज बिहान पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा दुर्घटनामा परेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.