पाल्पाली जनताले आफैं गरे सडक कालोपत्रे

| 2019 Feb 18 | 11:27 am 1925

पाल्पा, फागुन ६ : सरकारले सडक कालोपत्रे गरिदिन्छ भन्ने आसगरिरहेका रामपुरका स्थानीयवासीले आसा निरासा हुने देखेपछि जनसमुदायकै सक्रियतामा सडक कालोपत्रे गरेका छन् ।

रामपुर नगरपालिकाको बेझाड बजारदेखि इलाका प्रहरी कार्यालय हुँदै देवीस्थान जोड्ने ८५० मिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।

स्थानीयवासीको २३ लाख ८६ हजार बराबरको जनसहभागितामा सडक कालोपत्रे गरिएको छ । त्यस्तै रामपुर नगरपालिकाले ५५ लाख ६७ हजार ५ सय विनियोजन गरेको थियो ।

जनसहभागिता र नगरपालिकाको सहयोग गरी करिब ७९ लाख ५३ लाख ६ सयको लागतमा सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर रानाले जानकारी दिए ।

नगरपालिकाभित्र सडक निर्माणलाई प्राथमिकतामा राखेर वडागत र नगरस्तरिय योजना धमाधम सञ्चालन भइरहेको छ । कच्ची सडकलाई ग्राबेल गर्ने, सानो सडकलाई फराकिलो बनाउने, पक्की सडक भएको ठाउँमा नाली बनाउने जस्ता कामहरू अगाडि बढ्दै गएको नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.