पाल्पामा ठूलो परिमाणमा अवैध मदिरा नष्ट

रिपोर्ट नेपाल | 2018 Jun 15 | 11:04 am 3358

पाल्पा, असार १: पाल्पामा ठुलो परिमाणमा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । ईलाका प्रहरी कार्यालय रामपुरले बिक्रि वितरणको लागि तयारी अवस्थामा राखिएको अवैध घरेलु मदिरा जफत गरि शुक्रबार बिहान नष्ट गरेको हो ।

ईलाकालाई अवैध मदिराजन्य पदार्थबाट मुक्त गरि समाजमा दिगो शान्ती कायम गर्ने लक्ष्यलाई मुर्तरुप दिने अभियान अनुरुप मदिरा जफत गरी नष्ट गरिएको इलाका प्रहरी कार्यालउ रामपुरका प्रहरी निरीक्षाक भोजराज पाण्डेयले जनाए ।
स्थानीय वडा सदस्य, उधोग वाणिज्य संघका अध्यक्ष, पत्रकार र रामपुर नगरपालिकाका प्रतिनिधि लगायतका व्यक्तिहरुको रोहवरमा असार १ गते बिहान नष्ट उक्त मदिरा नष्ट गरिएको हो ।

रामपुर नगरपालिका वार्ड नं ५ स्थित रहेको बेजाड बजारका पार्वती होटेललगायतका बिभिन्न होटेलहरुबाट बिहीबार राती प्रहरी निरीक्षक पाण्डेयको कमाण्डमा खटिएको प्रहरीले पाँच सय लिटर भन्दा बढी अबैध घरेलु मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

हालै मात्र काज सरुवा भई ईलाका प्रहरी कार्यालयमा आएका निरीक्षक पाण्डेको सकृयताका कारण पहिलो पटक यति ठूलो परिमाणमा होटेलहरुबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिईएको हो।

उक्त टोलीका प्रमुख निरीक्षक पाण्डेले सो कार्यमा संलग्नलाई स्थानीयहरुकै रोहवरमा अवैध मदिराको सेवन पश्चात मानिसको शरीरमा पुर्‍याउन सक्ने शारीरिक,मानसिक,पारिवारिक र आर्थिक असर बारेमा करिब २० मिनेट सम्म सोही स्थानमा नै प्रशिक्षण समेत दिई उप्रान्त नगर्न सचेत समेत गराएका थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.