पालिका अध्यक्ष यादवद्वारा स्कुलको नव निर्मित भवन शिलान्यास

रिपोर्ट नेपाल | 2022 Mar 19 | 09:08 pm 1533

  • महेश सिंह

सिरहा, चैत ५ः सखुवानन्कारकट्टी गाउँपालिका अन्तर्गत श्री मावि महेशवारीमा गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बाल्यकालको पढाइ गरेको प्रावि विद्यालयलाई भब्य रुपमा कक्षा १२ सम्मको अनुमति प्रदानगरी कक्षा उद्घाटन गरेको छ ।

कार्यक्रमको अध्यक्षता वडा नं ५ काा वडा अध्यक्ष बैधनाथ यादव, प्रमूख अतिथि सखुवानान्कारकट्टी गा.पा अध्यक्ष केदारनाथ यादव रहेको थियो भन्ने, अतिथिहरुमा शिक्षा शाखा प्रमुख भोगेन्द्र यादव, प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झा रहेका थियो ।

कार्यक्रममा गत आर्थिक वर्षमा निर्माण गरिएको सुविधा सम्पन्न भवनको अध्यक्ष यादवले उद्घाटन गरेको हुन् । आर्थिक वर्ष २०७८र०७९ मा निर्माण गरिने चार कोठे सुविधा सम्पन्न भवनको शिलान्यास गरेको हो । साथै सुविधा सम्पन्न आइसीटी, बिज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालयको बिधिवतरुपमा उद्घाटन गरेका थिए ।

अभिभावकहरु भने अव यो ठाउँमा प्लस टु संचालन भएपछि आफुहरुलाई सजिलो हुने र घरमै बसेर हाम्रा बालबच्चाहरुले उच्च शिक्षा हाँसिल गर्न सजिलो भएकोले गापा अध्यक्षको काम काजको प्रशंसा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.