पार्टी भित्र प्रशिक्षण अपरिहार्य छ: केन्द्रिय सदस्य चन्द्र केसी

| 2024 Aug 14 | 07:38 pm 477

काठमाडौँ ३० साउन / नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रखरबक्त्ता चन्द्र बहादुर के सी पुराना र इमान्दार नेता मानिन्छन। नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक २०८१-४-२३ देखि २०८१-०४-२८ सम्म बस्यो बैठकमा केन्द्रिय सदस्य केसीले आफ्ना धारणा बुदागत रुपमा राखेका थिए। सदस्य के सी को धारणालाई पार्टीले अनुशरण गर्नु पर्ने नेपालि कांग्रेसका कार्यक्रता तथा शुबेच्छुकहरुको धारणा रहेको छ।

केन्द्रिय सदस्य चन्द्र बहादुर के सीको धारणा यसप्रकार छ।

बुदा न १- संबिधान संसोधनको आबश्यकता किन पर्यो , यस भित्रका अन्तर बस्तुको जानकारी आबश्यक छ, राजनीतिक सहमति बेगर संसोधन सम्भब देखिदैन र पनि स्मरण रहोस संबिधान जतिसुकै राम्रो भएपनि चलाउने ढंग राम्रो भएन भने खराब हुन् पुग्दछ। जति सुकै नराम्रो संबिधान भएपनि चलाउने राम्रो भयो भने संबिधान राम्रो हुन्छ। संसोधन मात्र सार्थक छैन। स्वार्थ बाजिएको संबिधान ०७२ हो भन्दा अन्यथा नहोला।

बुदा न २- बलियो संघियता बनाऊ कित प्रदेश बलियो बनाऊ अन्यथा खारेज गरौ।

बुदा न ३- गठबन्धन केन्द्रमा , संघमा एउटा प्रदेशमा अर्को गठबन्धन के हो ? उदाहरणको लागि बिगतको कोशी प्रदेश स्वयत्तता नभएको प्रदेशको अर्थ चुनाबमा गठबन्धन बाहिर गएर चुनाबी व्यक्ति गठबन्धन भएका छन्, यस्तो किन ? गठबन्धन कांग्रेस हितमा भन्दा अहित बिगत र बर्तमान छ।

बुदा न ४- कांग्रेस भित्र को गुट उपगुटको अन्त शिघ्र गर्नु जरुरि छ। एकै व्यक्ति ४ पटक सांसद र पटक पटक मन्त्रि हुने कुराको अन्त गरि बढीमा ३ पटक सांसद हुने र मन्त्रि एक पटक भन्दा बढी हुन नपाईने एउटा निश्चित मापदण्ड बनाउन जरुरि छ। रास्ट्रपति एक पटक र प्रधानमन्त्रि २ पटक मात्र। मुल्यांकन र अवसर नपाएका लाई दिनु पर्दछ। त्यसै गरि प्रदेश माननीय मन्त्रि र मुख्य मन्त्रीको मापदण्ड एक वा २ पटक मात्र र मन्त्रीको पनि सोहि बमोजिम हुनु पर्दछ।

बुदा न ५- भात्री संगठन र शुभेच्छुक सस्थाहरुको बिधान बमोजिम अधिबेशन र सस्थागत गर्न र गराउन जोड दिने।

बुदा न ६- धर्म अफिम हैन आस्था, निष्ठा, परम्परा र सस्कृति हो नै, त्यसैले संस्कृतिनै सभ्यताको जननी हो, ” यस अर्थमा धर्म निरपेक्षता खारेज गरि धार्मिक स्वतन्त्रता सहितको बैद्दिक सनातन हिन्दु राष्ट्र बनाउन पर्छ। १२औ देखि १४ औ महाधिबेशनमा ४२ केन्द्रिय सदस्य र झन्डै १८०९ महासमिति सदस्य हरुको मागको सम्बोधन होस्।

बुदा न ७- अर्थतन्त्र कहाली लाग्दो र युवा शक्ती दिनहु घट्दो – युवा हरुको विदेश पलायन तिब्र तर रोक्ने सवालमा राष्ट्र चलाउने हरु मौन ? शिक्षा बेरोजगार र युवा हरुको विदेश पलायनको यथोचित सार्थक निर्णयमा नपुगे देशले थप संकट बेहोर्नु पर्ने छ।

बुदा न ८- भर्ष्ट र भर्ष्टाचारको अनुसन्धान र दोषी माथि कडा कार्बाही गरि २०४६ साल देखि हाल सम्मका राजनैतिक दलहरुका नेताहरु लाभको पदमा बसेका उच्च पदासिन व्यक्तिहरुको छानबिन गरि अकुत सम्पत्ति कमाउनेको जफत गरि कानुन बमोजिम कडा कार्बाही गर्नु पर्द छ।

बुदा न ९- नेपाली कांग्रेस पार्टीको सिद्दान्त र नीति हराए जस्तो छ। यसलाई बलियो बनाउदै पार्टी भित्र प्रशिक्षण अप्रीहार्य छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.