काठमाडौं, जेठ २३: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टी नेकपा एमालेसँग एकताबद्ध भएपछि बनेको नेकपा माओवादी केन्द्रको भातृसंगठन अखिल (क्रान्तिकारी)को पहिलो राष्ट्रिय सम्मेलन हुने भएको छ ।
सम्मेलन आगामी भदौ १-२ गते काठमाडौंमा हुने अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष आलोक रायमाझीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय सम्मेलनबाट संविधान प्रदत्त मौलिक अधिकार प्रत्याभूतिका लागि खाका तयार गरी अघि बढ्ने भएको छ ।
अखिल (क्रान्तिकारी) ले तुरुन्त कानुन बनाई स्नातक तहसम्म निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ब्याप्त माफियाकरणको अन्त्य गर्दै तथा वैज्ञानिक समाजावादी शिक्षा प्रणाली स्थापित गर्न पहल गर्दै आएको छ । अध्यक्ष रायमाझिका अनुसार अखिल (क्रान्तिकारी) ले निजि बोर्डिङ स्कुलहरुको मनोमानी र चर्को शुल्क, र सिन्डिकेट को अन्त्य को लागी दबाब, संघर्षका कार्यक्रम जारी रहने बताए ।