पार्टी प्रवेश गरेकै दिन अनिल शाहले पाए प्रशिक्षण विभागकाे जिम्मेवारी

| 2023 Jun 22 | 03:51 pm 2677

काठमाडौं, असार ७ । सेलीब्रेटी बैंकर्सको रुपमा परिचित अनिल केशरी शाह आज देखि राजनीतिमा प्रवेश गरेका छन् ।

रवि लामिछानेले नेतृत्व गरेको नेपाल स्वतन्त्र पार्टीको प्रथम वार्षिक उत्सवको अवसर पारेर शाह पार्टी प्रवेश गरेका हुन् । शाहलाई पार्टीका अध्यक्ष रवि लामिछानेले चुनाव चिन्ह घण्टीको व्याच लगाइदिएर पार्टीमा स्वागत गरेका थिए ।

लामो समय नविल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका शाह केही समय मेगा बैंकमा पनि काम गरेका थिए । बैंकिङ कारोबार सम्बन्धी राम्रो दख्खल राख्ने शाहले एक्कासी राजनीति किन रोजे ? भन्ने विषयले नेपाली राजनीतिमा चर्चा पाइरहेका बेला शाहले भने आफ्नो भावना रास्वपा सँग मिलेकोले पार्टी प्रवेश गरेको प्रतिकृया दिएका छन् ।

पार्टी प्रवेश गरेकै दिन रास्वपाले शाहलाई पार्टीमा प्रशिक्षण विभागको जिम्मेवारी दिइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.