पार्टी प्यालेस र क्याटरिङमा हप्ता असुली गर्नेलार्इ कारवाही हुन्छ : गृहमन्त्री थापा

| 2018 Jun 13 | 02:56 pm 1567

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले पार्टी प्यालेस र क्याटरिङ व्यवसायमा हप्ता असुली गर्ने गुण्डा कारवाही गर्ने बताएका छन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभा तथा प्रथम महाधिवेशनको आज उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

उनले भने -‘भ्रष्टाचार, कुशासन र गुण्डाराज अन्त्य नभएसम्म मुलुकको विकास हुन सक्दैन पार्टी प्यालेस र क्याटरिङ क्षेत्र उद्योग हो, यसको विकास गरेर बेरोजगार युवालाई रोजगार दिनु जरुरी छ, ।’

गृहमन्त्री थापाले समृद्धिको बाधकको रुपमा रहेका गुण्डा, भ्रष्टहरु, असुली धन्दामा संलग्नको नामावलीसहितको सूचना गृह मन्त्रालयमा उपलब्ध गराउन उद्योगी, व्यवसायीहरुलाई आग्रह समेत गरे ।

गृहमन्त्री थापाले गुण्डागर्दी गर्ने, हप्ते उठाउने, भ्रष्टचार गर्नेलाई निस्तेज पार्ने चेतावनी दिदै समृद्धि चाहनेले यो अभियानमा साथ दिने विश्वास व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.