पार्टी एकता गर्न बोहोराको कार्यदल सकृय

रिपोर्ट नेपाल | 2018 Jun 08 | 04:28 pm 1664

काठमाडौँ, जेठ २५: स्थापना कालदेखि पटकपटक फुट्दै र जुट्दै आएको पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले समान विचार भएका पार्टीसँग एकताका लागि ‘पार्टी एकता विस्तार एवं सहजीकरण सम्पर्क कार्यदल’ गठन गरेको छ ।
पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले कार्यदलको संयोजकमा उपाध्यक्ष दीपक बोहरालाई नियुक्त गरेको कुरा प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए।
कार्यदलको सदस्यमा नेता एंव‌ पूर्वमन्त्री विक्रम पाण्डे, सुनिलबहादुर थापा र ठाकुरप्रसाद शर्मालाई मनोनयन गरिएको छ ।
पूर्वपञ्च परिवेशका अधिकांश नेता संलग्न तीन राप्रापाले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि समान वैचारिक दृष्टिकोण भएका पार्टी तथा समूहसँग सहकार्य र समन्वय गरिरहेका छन् । कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालको महाधिवेशनमा एकिकृत महाधिवेशन गरेका राणा र थापा वीच निर्वाचन चुनाव चिन्हको विषयलार्इ लिएर डा प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणाले छुट्टाछुट्टै पार्टी गठन गरेका थिए । गएको निर्वाचनमा नराम्रोसंग पराजय भोगेपछि यतिखेर राणा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक), डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातान्त्रिक पाटी (राष्ट्रवादी) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टीका शीर्ष नेता तीनवटै पार्टी एकीकरणका लागि अनौपचारिक छलफल र गृहकार्यमा रहेको बतार्इएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.