पार्टी एकताका आधारहरूबाट विचलित हुन नहुने अध्यक्ष दाहालकाे भनाई

रिपोर्ट नेपाल | 2019 Jun 24 | 08:32 pm 2512

चितवन, असार ९:  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी एकताका आधारहरू जेलाई बनाएको छ त्यसबाट कोही विचलित हुन नहुने बताएका छन् । सोमबार भरतपुरमा नेकपाको चितवन जिल्ला समितिको शपथ ग्रहण कार्यक्रम र पहिलो बैठकलाई सम्बोधन गर्दै पहिलेका समझदारीहरूबाट पछाडि फर्कन थाले दुर्भाग्य हुने चेतावनी समेत दिएका थिए ।

वर्तमान प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सिद्धान्त पछिल्लो समय पार्टीको दस्ताबेजमा ‘जनताको बहुदलीय जनवाद’ बनाउन खोजेको भन्ने चर्चाका बीचमा दाहालले यस्तो बताएका हुन् ।

पार्टी एकता गर्दा हामीले जे–जे कुरालाई आधार बनाएर समझदारी र हस्ताक्षर गरेका छौँ, दस्ताबेजमा राखेका छौँ अब ती कुराबाट पछाडि हट्ने कुरा आउँदैन नेता दाहालकाे भनाई थियाे ।

हामीले बनाएका दस्ताबेजहरू, हामीले गरेका सहमतिहरू, एकताका आधार जेलाई बनाएका छौँ त्योबाट जो कोही अलिकति पनि विचलित हुन थाल्यो भने त्यसलाई हामीले खण्डन आलोचना गर्नुपर्छ । र उसलाई हाम्रो ऐतिहासिक एकताको आधारहरूमा केन्द्रीत गर्नुपर्छ भन्नेमा सर्वसहमति भएको छ’ दाहालले  भनेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.