पार्टीको कुनै कार्यकारी पदमा नबस्ने नेता खनालको घोषणा

रिपोर्ट नेपाल | 2021 Aug 30 | 05:50 pm 1837

काठमाडौं, भदौ १४ः नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफू कुनै पनि कार्यकारी पदमा नबस्ने बताएका छन् । असार २ गतेदेखि भारतको एपोलो अस्पतालबाट उपचारपछि सोमबार स्वदेश फर्किएका वरिष्ठ नेता खनालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।

यो मेरो जीवन नाफाको जीवन हो । बोनसको जीवन हो । मेरो बाँकी जीवन मुलुकका लागि र एउटा मार्क्सवादी, लेनिनवादी निर्माणकमा लगाउनेछु । कार्यकारी पदको लागि इच्छा राखेको छैन । पार्टीले के दिन्छ भन्ने कुरा हो,’ उनले भने । साथै उनले आफूलाई आफ्नै भान्जीले मृगौला दान दिएको बताए।

‘म करिब दुई महिनाअघि गम्भीर स्वास्थ्य समस्या आएर नर्भिक इन्टरनेशन अस्पतालमा उपचाररत थिएँ । मेरो स्वास्थ्यमा गम्भीर समस्या आयो । मेरो स्वास्थ्यबारेमा मेरो उपचार गराइरहनुभएका चिकित्सकहरु चितिन्त हुनुहुन्थ्यो । त्यही बेलामा मलाई भेट्न पार्टीका युवा नेताहरू आउनुभयो,’ उनले भने,‘ मलाई उपचार गर्न विदेश जान सल्लाह दिनुभयो । म पनि विदेश जाने सोचाइमा थिएँ । दिल्लपुग्न उपचार गर्न केपी ओली नेतृत्वको सरकारले पनि सहयोग गर्यो ।

म तत्कालीन प्रधानमन्त्री केपी ओली र अर्थमन्त्रीलाई विशेष धन्यावाद दिन चाहन्छु ।’ साथै उनले ओली सरकारपछि पनि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले पनि आफूलाई सहयोग गरेको भन्दै धन्यवाद दिए। भारतबाट स्वदेश फर्किएका वरिष्ठ नेता खनाललाई स्वागत गर्नै पार्टी अध्यक्ष माधवकुमार नेपालसहितमा नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.