पानीको बोतलमा पनि ओलीको फोटो

रिपोर्ट नेपाल | 2021 Oct 01 | 05:37 pm 1753

काठमाडाैं, असाेज १५ः नेकपा एमालेको विधान महाधिवेशन शुक्रबारबाट गोदावारीमा शुरू भएको छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको उक्त महाधिवेशन तीन दिनसम्म चल्नेछ ।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई हल भित्र वितरण गरिएको पानीको बोतलमा एमाले महाधिवेशनको लोगोसहित अध्यक्ष ओलीको फोटो रहेको छ । गाेदावरी मिनरल वाटर प्राेडक्ट कम्पनीले उत्पादन गरेकाे १ लिटरकाे पानीको बाेतलमा साे तस्बिर राखिएको छ ।

प्रत्येक प्रतिनिधिलाई वितरण गरिएको उक्त बोतल महाधिवेशन अवधिभर प्रयोग गर्न भनिएको छ । कार्यक्रमको सुरुमै एमाले केन्द्रीय कार्यालयका सचिव समेत रहेका शेरबहादुर तामाङले पानी खान वितरण गरिएको उक्त बोतल आफ्नै झोलामा राख्न भनेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.