पानीको बाल्टिनमा डुबेर एक शिशुको मृत्यु

रिपोर्ट नेपाल | 2019 Jul 29 | 04:46 pm 5429

 बाँके, साउन १३ : पानीको बाल्टिनमा डुबेर बाँकेको खजुरामा एक शिशुको मृत्यु भएको छ। खजुरा गाउँपालिका-७ गुनाना बस्ने वारिस भाटकी १८ महिने छोरी जय भाटको प्लाष्टिकको बाल्टीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धनौली बाँकेले जनाएको छ।

यस्तैगरी पानी तान्‍ने मोटरको नाङ्गो तार छुँदा झापामा करेन्ट लागेर सोमबार बिहान एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका-२ सेल्फीडाँडा बस्ने १९ वर्षीय सोम किस्कु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.