पाँच संसदीय समितिको बैठक आज बस्ने

| 2024 Dec 19 | 08:49 am 189

काठमाडौँ, ०४ पुष / बिहीबार पाँच संसदीय समितिको बैठक डाकिएको छ। प्रतिनिधि सभातर्फका दुईवटा र राष्ट्रिय सभाअन्तर्गतका तीन संसदीय समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ भने दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन प्रस्तावकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा महिलाविरुद्ध हुने सबै प्रकारका विभेद उन्मुलन सम्बन्धी महासन्धी (सिडअ)को आधारभूत सिफारिस नम्बर ३९ का सम्बन्धमा छलफल हुनेछ। यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि ११ बजे नै बस्नेछ। बैठकमा स्थलगत अनुगमन प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहान साढे ११ बजे बस्ने बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवसायको आवश्यकता सम्बन्धमा सङ्कल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमितिबाट समिति समक्ष पेश भएको प्रतिवेदन उपर छलफल हुने कार्यसूची छ।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफलको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने तयारी छ। यी दुवै समितिको बैठक दिउँसो १ बजे बस्ने सचिवालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.