बुटवल, २० असार : रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयरले आफ्नो कार्यकालभरी पारिश्रमिक गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् ।
नगर प्रमुख बासुदेव घिमिरेले जनप्रतिनिधिको रुपमा पाँच वर्षमा प्राप्त हुने सम्पूर्ण पारिश्रमिक रकम रकम नगरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने घोषण गरेका हुन् ।
सामुदायिक विद्यालयले सिफारिस गरेका विद्यार्थीलाई कार्यविधिका आधारमा लगातार पाँच वर्ष वा विद्यार्थीहरु सो विद्यालयमा अध्ययन गर्दासम्म छात्रवृत्ति प्रदान गरिनेछ ।
प्रदेश सरकारले प्रदेश ५ मा नगर प्रमुखको पारिश्रमिक मासिक ३५ हजार रुपैंयाँ तोकेको छ । तिलोत्तमा नगरपालिकामा हाल ४४ वटा सामुदायिक विद्यालय छन् ।