पाँच राउण्ड गाेलि सहित दुई युवा पक्राउ

रिपोर्ट नेपाल | 2023 Nov 08 | 03:02 pm 1817

सप्तरी, कात्तिक २२/ इलाका प्रहरी कार्यालय कल्याणपुरले थ्रिनटथ्रिकाे पाँच राउण्ड गाेलि सहित दुई जनालाई पक्राउ गरेको छ।विशेष सुराकीको आधारमा खड्क नगरपालिका ११ बनाैलीमा चेकजाँच गर्दा सिराह लक्ष्मीपुर पतारी गाउँपालिकाका १९ बर्षिय धर्मजित कुमार यादव र खड्क नगरपालिका बनाैलीका १८ बर्षिय किशाेरलाई पक्राउ गरिएको हाे।प्रहरीले उनिहरूबाट गाँजा र नाइट्राभेट ट्याब्लेट बरामद गरिएको छ।बरामद गाेलि के प्रयाेजनका लागि ल्याएका हुन त्यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.