पाँच भारतीय महिला पाकेटमार प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2019 Feb 01 | 11:12 am 2009

काठमाडौं, माघ १८ :  विभिन्न स्थानबाट सार्वजनिक सवारीमा पाकेटमार्ने भारतीय महिलाहरुको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गोरखपुर स्थायी घर भई हाल काठमाडौं २६ गोगंबु बस्ने ३० वर्षीया प्रिती चमार चौधरी, सोही ठेगाना भई गोंगबु नै बस्ने वर्ष ३० कै नितु चमार, २० वर्षीया पूजा चमार, २५ वर्षीया पिंकी चमार र ५० वर्षीया सोनी चमार रहेका छन्।

पाकेटमारी गरी ल्याएको ५० हजार रुपैयाँसहित महानगरीय प्रहरी वृत्त (महाराजगन्ज) को टोलीले भारत घर भएका पाँच महिलालाई पक्राउ गरेको छ।

प्रहरीले जानकारी दिए अनुसार हिजो बिहीबार दिउँसो कान्तिपुर यातायातमा बसुन्धराबाट नारायण गोपालचोक आउने क्रममा सुस्मिता कुँवरको रकम उनीहरूले पाकेटमारी गरेका बुझिएको छ ।

म्यानपावरमा पैसा जम्मा गर्न जाने क्रममा कुँवरको झोलामा रहेको ५२ हजार रुपैयाँ हराएपछि पाकेटमारी भएको पत्ता लागेको थियो।

पीडितको उजुरीपछि पैसा लिएर गाडीबाट झरेका ती पाँच भारतीय महिलालाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.