पाँच नम्बरका जनप्रतिनिधिको सेवा सुविधा कति ?

रिपोर्ट नेपाल | 2018 May 30 | 12:38 pm 5008

बुटवल जेठ १६ः
अब प्रदेश नं ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले आफूले पाउने सुविधा सम्बन्धी जानकारी प्राप्त गर्ने भएका छन् । प्रदेश नं ५ को आज बुधबार बसेको दोस्रो अधिवेशनले विधेयक पारित गरेपछि पदाधिकारीहरुको सेवा सुविधा बारे स्पष्ट भएको छ । अधिवेशनले स्थानीय तहको पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधा सम्बन्धी परिमार्जित विधेयक पारित गरेपछि सेवा सुविधाबारे प्रष्ट भएको छ । पारित भएको विधेयकमा जिल्ला समन्वय समितिका प्रमुखको तलब भत्ता मासिक ४१ हजार रुपैंया र उप प्रमुखको ३६ हजार रुपैंया पारित भएको छ । त्यस्तै पारित सुविधा मध्ये सदस्यको १६ हजार रुपैंया रहेको छ । यसैगरी उपमहानगरपालिकाका प्रमुखको ४० हाजार उप प्रमुखको ३५ हजार वडा अध्यक्षको २६ हजार कार्यपालिका सदस्यको १५ हजार र वडा सदस्यको ९ हजार रहने ब्यवस्था छ । त्यसैगरि नगरपालिकाको प्रमुखको मासिक ३५ हजार उप प्रमुखको ३० हजार वडा अध्यक्षको २५ हजार कार्यपालिका सदस्यको १३ हजार सदस्यको ८ हजार र गाउँपालिकाका अध्यक्षको ३० हजार उपाध्यक्षको २७ हजार वडा अध्यक्षको २० हजार कार्यपालिका सदस्यको १२ हजार र सदस्यको ७ हजार हुने अधिवेशनले पारित गरेको छ । त्यस्तै बैठकले प्रदेश सभा नियमाबली २०७४ संसोधन स्वीकृत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.