सिरहा, माघ १२: अवैध चाँदीका विभिन्न गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–१४ का ३० वर्षीय सुमन बिक र झापा शिवसतासी नगरपालिका–८ झिलझिलेका ३८ वर्षीय दलबहादुर बिक रहेका छन् ।
उनीहरुलाई लहान नगरपालिका–८ बाट अवैध रुपमा बोकेर हिंडेको पाँच किलो ७ सय ४२ ग्राम बराबरको चाँदीका विभिन्न गहनासहित प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त गहनाहरूसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको बुझिएको छ ।