काठमाडौं, असार २ : विश्वकप २०१८ मा अर्जेन्टिना र आइसल्याण्डबीचको पहिलो हाफमा १-१ गोलको बराबरीमा बनाएका छन् । खेलमा पहिलो गोल गरेको अर्जेन्टिनाका लागि जर्सी नम्बर १९ का सेर्गियो अग्युइरोले खेलको १९ औं मिनेटमा गोल गरेको हुन् ।
आइसल्याण्डले चार मिनेटको अन्तरालमा अर्जेन्टिनाविरुद्ध जवाफी गोल फर्काएका हो । आइसल्याण्डका लागि जर्सी नम्बर ११ का खेलाडी अल्फ्रेड फिनेनबोगासनले गोल २३ औं मिनेटमा गोल गरेका हुन् ।
पहिलो खेलमा ८० प्रतिशत बल अर्जेन्टिको खुट्टामा रह्यो भने २० प्रतिश आइसल्याण्डको खुट्टामा रह्यो ।
खेलमा ९ फल आइसल्याण्डले गरेको छ भने ३ फल अर्जेन्टिनाले गरेको छ ।