पहिलो सेमि फाइनल १ को विरुद्ध ३ गोल गर्दै गाइघाट फाइन प्रवेश

| 2023 Mar 03 | 07:33 pm 393

  • शंकर रिखाम मगर

उदयपुर फागुन, १९ः रौता स्पोर्टस् क्लब रौतामाई ७ को व्यवस्थापन तथा जिल्ला फुटबल संघ उदयपुरको समन्वय र रौतामाई गाउँपालिका भुट्टारको आयोजनामा प्रथम रौतामाई गाउँपालिका फुटबल कप प्रतियोगितामा आज भएको पहिलो सेमि फाइनल खेलमा १ को विरुद्ध ३ गोलले गाइघाट फुटबल क्लब फाइनल प्रवेश गरेको छ ।

May be an image of 7 people, people standing and outdoors

सेमि फाइनलको खेलमा गाइघाट फुटबल क्लब उदयपुर र बसाहा ११ विच भएको थियो । उक्त खेल सुरु भएको २ मिनेटमै गाइघाट फुटबल क्लबका जर्सी नम्वर ८ का खेलाडी देवराज चौधरीले गोल गर्न सफल भएका थिए, भने खेलको १६औं मिनेटमा बसाहा ११ ले पेनाल्टी पाएपछि जर्शी नम्वर ८ का खेलाडी क्याप्टेन नवल तामाङले १ गोल गरि टिमलाई बराबरीको अवस्था बनाएका थिए । खेलको क्रममा १८ मिनेट बित्न नपाउदै गाइघाटबाट जर्शी नम्वर १० का पविन राई (फुर्के) ले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । मध्यान्तर हुन २ मिनेट बाँकी रहदा फेरि गाइघाटका जर्शी नम्वर १० का पविन राई (फुर्के)ले नै थप १ गोल गर्दै टिमलाई आफ्नो गोल अन्तर दोब्बर बनाएका थिए ।

May be an image of 7 people and people standing

मध्यान्तर पछिको खेलमा दुबै टिमले गोल गर्न सकेनन् । भोलिको दोश्रो सेमि फाइनलको विजेता टिम सङ्ग गाइघाटले फाइनल खेल खेल्न पाउने भएको छ । २० गते शनिबारका दिन गोलबजार स्पोर्टस क्लव सिराहा र न्यु त्रीयुगा स्पोर्टस क्लब फत्तेपुर सप्तरी बीच दोश्रो सेमि फाइनल खेल हुने आयोजकले बताएको छ । फाइनल खेल भने २१ गते आइतबार दिउँसो १ बजेबाट सन्चालन गरिने रौता स्पोर्टस् क्लबका सचिव टेकराज रिखाम मगरले जानकारि दिए ।

No description available.

आजको खेलमा म्यान अफ दि म्याचका गाइघाट फुटबल क्लब गाइघाटका गोल रक्षक निमछिरिङ्ग शेर्पा घोषित भएका छन् । उक्त घोषित खेलाडिलाई त्रीयुगा नगरपालिका १६ का पूर्व खेलाडी तथा समाजसेवी साथै उदयपुर सिमेण्ट उद्योग लिमिटेड खानी महाशाखा सुकौराका कर्मचारी उपेन्द्र रखाल मगरले नगद १ हजार रुपैयाँ प्रायोजन गरेका थिए भने जिल्ला फुटवल संघ उदयपुरका अध्यक्ष रन्जन कार्कीले मेडल प्रदान गरेका थिए ।

May be an image of 10 people, people standing, tree and outdoors

उक्त प्रथम सेमि फाइनल खेल खेलाउने रेफ्रीहरुमा कुमार आले मगर (राजु) को साथमा तिलक विक, अम्वरवहादुर राई, विजय राई र रुपेश मगर रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.