पहिरो प्रभावितलाई उचित बसोबासको व्यवस्था गर्न कांग्रेस नेता पन्थीको आग्रह

रिपोर्ट नेपाल | 2020 Jul 08 | 01:56 pm 3004

गुल्मी,असार २४ : निरन्तर वर्षका कारण गत बिहीबार गुल्मीको मुसिकोट नगरपालिका र ईष्मा गाउँपालिकाको विभिन्न ठाउँमा पहिरोका कारण ज्यान गुमाएका परिवारका सदस्यलाई राहत तथा प्रभावितहरुलाई सुरक्षित बसोबासको व्यवस्था गर्न नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले सरकारसँग आग्रह गरेका छन् ।

No description available.

वर्षाका कारण  गएको पहिरोले ठुलो क्षेती भएको थियाे। प्रभावित इस्मा गाउँपालिका १ जुकेपानी, तोरिखर्क र मल्दीका पहिरो प्रभावितहरुलाई तत्काल पुनर्वासको व्यवस्था गर्न कांग्रेसले सरकारसंग आग्रह गरेको कांग्रेस नेता खिलध्वज पन्थीले बताए ।

अवलोकनपछि सचिव पन्थीले छिटो भन्दा छिटो पहिरो प्रभावित सबै नागरिकहरुलाई सुरक्षित स्थानमा राख्नुपर्ने र पहिरो प्रभावितहरुलाई तुरुन्त पुनर्वासको ब्यबस्था गर्न उनले आग्रह गरेका छन् । पहाडका वस्तिहरुको जोखिम न्यूनीकरण गर्ने एक मात्र विकल्प अब एकीकृत बस्तीको योजना बाहेक अरु केही नभएकाले तत्काल प्रभावितलाई राहत उपलब्ध गराई एकीकृत बस्तीको योजना बनाउन आग्रह गरे ।

No description available.

उक्त प्रभावित स्थानका घरहरु धेरै उच्च जोखिममा रहेको बताए । परिस्थिति निकै गम्भिर भएकाले छिट्टै नै यहाँका नागरिकहरुलाई सुरक्षित स्थानमा लैजानुपर्ने बताएका छन् । बाढीले गर्दा धेरै क्षेती भएकोले उक्त क्षेत्रमा बसोबास गर्न निकै जोखिम भएको हुँदा त्यहाँका नागरिकहरु सोही वडाको हिमालय माध्यमिक विद्यालय हस्तिचौरमा बस्न बाध्य भएका छन् ।

ती प्रभावित नागरिकहरुलाई  विशेष प्याकेज बनाई तत्काल क्षेतिपूर्तिको ब्यवस्था गर्न सरकारसँग अपिल गरे । बाढीका कारणले गर्दा धेरै किसानहरुको खेतीपाती, पशुचौपाया लगायत  भौतिक क्षेति भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.