पहिरोले पुरिएर स्याङ्जामा एकको मृत्यु, तीन जना बेपत्ता

रिपोर्ट नेपाल | 2020 Jul 14 | 12:05 pm 2056

स्याङ्जा, असारः अबिरल वर्षाका कारण गएको पहिरोले पुरिएर स्याङ्जामा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन्।

मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित खहरेका करिब ७० वर्षीय इमानसिंह राना रहेका छन् ।

पहिरोमा परेका बिर्घाकै हुमाकन्त पाण्डे र बुद्ध रानाकोउद्वार गरिएको छ। प्रेमचन्द्र पाण्डे, गिमानसिंह राना र टीका थापा बेपत्ता रहेको वडाध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिए।

पहिरोमा परी घाइते भएका बुद्ध र हुमकान्तको बिर्घा स्वास्थ्य चौकीमा उपचार भइरहेका छ। अन्य तीन जनाको खोजी कार्य भइरहेको अध्यक्ष पाण्डेले बताए।

घटनस्थलमा पानी परिरहेकोले उद्धार कार्यमा कठिनाई भइरहेको उनले बताए। गाउँमा खानेपानीको धारा नआएपछि मुलमा पुगेका उनीहरूलाई माथिबाट खसेको पहिरोले मंगलबार बिहान करिब करिब ८ बजेतिर पहिरोले पुरेको हो। घटनाबारे थप विवरण आउन बाँकी छ। उद्वार कार्य जारी रहेको वडाध्यक्ष पाण्डले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.