पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु

| 2021 Sep 22 | 08:48 am 1361

गुल्मी, असाेज ६: गुल्मीमा पहिरोले पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ।  रेसुंगा नगरपालिका – ८ थुम्का लाईन बस्ने तीलक परियारका तीन छोरीको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार राति सुतिरहेकै बेला माथिबाट पहिरो खसेर उनीहरूको ज्यान गएको हो।  मृत्यु हुनेमा २१ वर्षीय भावना, १४ वर्षीय गंगा र जमुना परियार रहेको प्रहरीले जनाएको छ। मृतक तीन दिदीबहिनी हुन्।

मंगलबार राति करिब १ बजेको समयमा लेदोसहितको पहिरो खसेर एक तले पक्की घर पुरिँदा ती दिदीबहिनीको मृत्यु भएको हो। पहिराेकाे कारण ज्यान गुमाएका प्रति ८ नम्बर निवासी वसन्त भुजेलले गहिराे दुःख व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.