पहिरोले घर पुरिँदा स्याङ्जामा एकै परिवारका ५ जनाको मृत्यु, ४ बेपत्ता

रिपोर्ट नेपाल | 2020 Sep 24 | 10:58 am 2747

स्याङ्जा, असोज ८ः लगातार रूपमा परेको पानीका कारण बिहीबार बिहान स्याङ्जाको वालिङ नगरपालिका १४ मा  पहिरोले घर पुरिँदा एकै घरपरिवारका ५ जनाको मृत्यु भएको  छ, भने अन्य ४ जना बेपत्ता भएका छन् । अर्का  एक जनाको भने सकुशल उद्धार गरिएको छ ।

मृत्यु हुनेमा माया नेपाली, दीपक नेपाली, सनी नेपाली, उमाकाला नेपाली र विवश नेपाली रहेका छन् ।  जीवितै उद्धार गरिनेमा  मनिषा नेपाली रहेकी छन् । उनको अवस्था सामान्य रहेको छ । उनको हाल वालिङस्थित ग्रहुँकालिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीले बेपत्ताहरुको खोजी गरिरहेको बताइएको छ । स्थानीयहरूले समेत उद्धार तथा खोजी कार्यमा खटिरहेका छन् ।

त्यसैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ बिर्घामा पनि पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको बुझिएको छ । मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलका १७ वर्षीय विष्णु परियार रहेको वडाध्यक्ष विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.