पाल्पा, असार २ः पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका–४ मन्छिपका १९ वर्षका मदन भट्टराई रहेका छन् ।
लगातार परेको पानीले हिजो बेलुका घर माथिबाट खसेको पहिरोले महेन्द्र भट्टराई क्षेत्रीको घर पुरिँदा छोरा मदनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएकाे हाे ।