पहिरोले गोठ बगाउँदा गुल्मीमा एक बालकको मृत्यु, एक बेपत्ता, एक घाइते

रिपोर्ट नेपाल | 2020 Jul 03 | 08:53 am 2731

गुल्मी, असार १९ः गएराति अबिरल परेको पानीसँगै गएको पहिरोले गोठ बगाउँदा गुल्मीमा १८ महिने बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा इश्मा गाउँपालिका–१ हस्तिचौरको मल्दीका वसन्त सारुका १८ महिने छोरा सिजन सारु रहेका छन् ।

त्यस्तै, सोही ठाउँमा पहिरोका कारण अन्दाजी २७ वर्षीया ईश्वरी खत्री घाइते भएको र उनकी सात वर्षीया छोरी बेपत्ता रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए।

घटनास्थलमा प्रहरीको टोली जाँदै गरेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.