काठमाडौँ १७भदौ / पृथ्वी राजमार्गको गल्छी–गजुरी सडक खण्डमा पर्ने आदमघाट नजिकै वर्षासँगै आएको पहिरो खसेपछि अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिरो खसेपछि दुवैतर्फ सडक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाए अनुसार राजमार्गमा पहिरो पन्छाउने प्रयास भईरहेको छ । पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीको भनाई छ ।
पहिरोका कारण सो राजमार्ग भएर संघीय राजधानी प्रवेशका लागी आएका रात्रिसेवा यातायातका सवारीसाधन र विहान राजधानीबाट देशका विभिन्न भागमा जानका लागी छुटेका सवारीका साधनहरु सडकमै रोकिएका छन् ।