काठमाडौँ २० भदौ / अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा बिहीबार पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ ।
पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।