काठमाडौँ २१ भदौ / तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान अविरल बर्षाको कारणले गएको पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ ।
बिहीबार रातिदेखि परेको वर्षाका कारण गएको पहिरोले घाँसीकुवा–डुम्रे खण्ड अवरुद्ध भएको थियो ।
लेदो सहितको पहिरो हटाइएसँगै सडक सुचारु भएको प्रहरीले जानकारी दिएको छ ।