सिन्धुपाल्चो, साउन १९ः जिल्लाको मेलम्ची बजारमा पहिरोले पुरिएर आठ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरुमा वीरगञ्जका वर्ष ४२ का राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदिप चौरसिया,२५ वर्षीय विक्रम थिंग,२३ वर्षीय मानबहादुर रुम्बा,२० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र १ जना भारतिय नागरिक राजेन्द्र चौधरी रहेका छन। बेपत्ताको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबाट खोजिकार्य भइरहेको छ।
मेलम्ची नगरपालिका ११ स्थित मेलम्ची बजार पिपल बोटमा कभर्ड निर्माणका लागि खटिएका मजदुरहरूलाई पहिरोले पुरिएर बेपत्ता भएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनलने जनाकारी दिए ।
मेलम्ची नगरपालिकामा आइतबार मध्यरातमा गएको पहिरोमा परेर ९ जना मजदुर हराएका थिए । तीमध्ये एकजनाको जीवितै उद्धार गरिएको छ । आठजनाको खोजी भइरहेको छ।
अहिले उद्दार जारी रहेको उनको भनाइ छ ।