सल्यान, भदौ १७: अविरल वर्षका कारण सल्यानको बाघचौर १२ ओख्रेनीका बालाराम डाँगीको घर पहिरोले बगाएको छ । घर बगाउँदा तीन बालबालिका पहिरोमा परी बेपत्ता भएको प्रहरीले जानकारी दिएका छन् ।
उद्धारका लागि घटनास्थल सम्म जान ठाउँ ठाउँमा पहिरो खसेरे सडक अवरुद्ध हुँदा त्यस तर्फ जान नसकिएको प्रहरीले बताएका छन् ।