पहिराेले थुनिएका ५१ जनालाई सेनाको हेलिकोप्टरद्वारा उद्दार

रिपोर्ट नेपाल | 2019 Jun 25 | 07:52 am 4599

सङ्खुवासभा,  असार १०: जिल्लाकाे मकालु गाउँपालिका–५ को पेपुवामा सातादेखि पहिरोमा थुनिएका ५१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । नेपाली सेनाको एमआई १७ हेलिकप्टरले उनीहरुलाई पेपुवाबाट गाउँपालिकाको केन्द्रमा सारिएको हो ।

त्यसैगरी पहिरोले विस्थापित भएका ३७ परिवारलाई गाउँपालिकाको सहयोगमा राहत  वितरण गरिएको छ । सांसद राजेन्द्र गौतम, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलगायतले पेपुवा पुगेर विस्थापितलाई राहत सामग्री वितरण गरेका थिए । पूर्ण विस्थापितमध्ये ५१ जनालाई नुममा ल्याइएको सांसद गौतमले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.