पहिराेले घर पुरिँदा तनहुँमा एक बृद्धाकाे मृत्यु

रिपोर्ट नेपाल | 2021 May 29 | 03:03 pm 3649

दमाैली, जेठ १५ः लगातार केही दिनदेखि परेकाे वर्षातका कारण पहिराे खस्दा  तनहुँमा एक जना बृद्धाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा व्यास नगरपालिका १ निर्मलनगर टाेलकी ६२ सरस्वती घर्ती रहेकी छन् ।

उनकाे गएराति घर पछाडिकाे ठूलाे ढुङ्गा खसेर घर भत्किँदा च्यापिएर बृद्धा गम्भीर घाइते भएकी थिइन् । उद्धार गरेर बृद्धालाई  अस्पताल लैजादै गर्दा  बाटैमा मृत्यु भएकाे वडाध्यक्ष खरसिं दरैले जानकारी दिए ।

बृद्धासहित पाँच जनाकाे परिवार घरमा सुतिरहेका थिए । घर भत्किएपछि अन्य चार जना भागेर ज्यान जाेगाउन सफल भएकाे वडाध्यक्ष दरैले बताए । अन्य चार जना सकुशल रहेकाे बताइएकाे छ । घरकाे पछाडिपट्टिकाे भाग पूर्ण रूपमा क्षाति पुगेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.