काठमाडौं, कात्तिक १०: नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज पहाडि केही स्थानमा हल्का बर्षा हुने संभावना भए पनि बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा अहिले बादल लागेको छ । तर, अहिले पश्चिमीसँगै स्थानीय वायुको प्रभावका कारण बादल लागेको तर, विस्तारै बादल हटी घाम लाग्ने महाशाखाले जनाएको छ ।
आज प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।