पश्चिमी वायुको प्रभावले देशका पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना

रिपोर्ट नेपाल | 2019 Oct 20 | 09:16 am 1421

काठमाडौं, कात्तिक ३: आइतबारको मौसममा पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भएर चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले देशका पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन बदलीभएसँगै निरन्तर न्यूनतम तापक्रम घट्दै गइरहेको छ । सोमबार देशका मध्य तथा पूर्वी भू–भागमा आ‌ंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, मंगलबार पनि देशभर आंशिक बदली भइरहने महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री र अधिकतम तापक्रम २७.३ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.