पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा भएको विकास कोषको भनाई

| 2023 Dec 09 | 03:39 pm 757

काठमाडौँ, मंसिर २३ – आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पशुपतिनाथ मन्दिर परिसरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा कोषका सदस्यसचिव राजुकुमार खत्रीले उक्त कुराको जानकारी दिएका छन्। उनका अनुसार कोषले बालाचर्तुदशीको अवसरमा दीप प्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाइएको छ।

आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले सुरक्षादेखि अन्य सबै कार्य सहज ढङ्गले सम्पन्न गर्नेसम्मको व्यवस्था कोषले मिलाएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए। ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मुल शिविर बनाई संयुक्त सुरक्षा योजना अनुसार भक्तजनको सुरक्षाका लागि कोर क्षेत्रमा शतबीजमार्ग र बत्ती बाली बस्ने स्थानमा पर्याप्त सुरक्षाकर्मी खटाइने भएको छ।’

 

यसैगरी मृगस्थलीभित्र मृग राखेको स्थानमा पनि शतबीज छर्ने परम्परा भएको मृगस्थली प्रवेश गर्ने द्वारमा पनि विशेष सुरक्षाकर्मीको टोली परिचालन गरिने कोषले जनाएको छ। कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुनसक्ने सम्भावनालाई मध्यनजर गरी बहुुमूल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गरिएको छ। शतबीज छर्ने एरीया र बत्ति बाल्ने एरियामा छालाको जुत्ता पनि नलगाइदिन कोषले आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.