पर्सा ४ प्रदेशसभा (क)मा कांग्रेसका चौधरी विजयी

| 2022 Nov 22 | 08:21 pm 2145

पर्सा, मङ्सिर ६ः पर्सा जिल्लामा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका शंकर चौधरी विजयी भएका छन्।

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा (क) मा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका शंकर चौधरी ११ हजार ५८५ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जयप्रकाश थारुले ९ हजार ५५१ मत ल्याएका  छन्। नेपाली कांग्रेसका चौधरीले नेकपा एमालेका उम्मेदवार जयप्रकाश थारुलाई दुई हजार ३४ मतअन्तरले पराजित गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.