पर्सा प्रहरीद्वारा करोडौं रुपैया बराबरको लत्ताकपडा र हाडयेवर लगाएतको सामानहरु बरामद

रिपोर्ट नेपाल | 2024 Jan 26 | 08:29 am 725

वीरगन्ज, माघ १२।  पर्सा प्रहरीले बिलबिजक भन्दा बढी बोकेको लत्ताकपडा तथा हाडयेवर लगाएतको सामानहरु सहित मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।।

प्रहरीले वीरगन्जबाट बिलबिजक भन्दा बढी बोकेको मालबाहक ट्रकमा लोड रहेको लत्ताकपडा तथा हाडयेवर लगाएतको सामानहरु पक्राऊ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा गण्डकचौकबाट वीरगन्जबाट काठमाडौ तर्फ जादै गरेको सडकखण्डमा ना.६ ख ८३०५ नम्बरको मालवाहक ट्रकमा लोड रहेको मालबस्तुहरु ONLINE VCTS विलमा उल्लेखित भन्दा बढी लोड रहेको आसंका रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा

१करोड १३लाख १८हजार८९०रुपैया बराबरको लत्ताकपडा र हाडयेवर लगाएतको सामानहरु सहित ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले बताए।

पक्राउ परेको लत्ताकपडा र हाडयेवर लगाएतको सामानहरु सहित ट्रकलाई पक्राउ गरि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.