पर्सा प्रहरीद्वारा ट्रकमा बिलबिजक भन्दा बढी बोकेको साढे ६० लाखको खुद्रा सामानहरु सहित ट्रक बरामद 

| 2023 Nov 29 | 11:07 am 633

कृष्ण यादव

वीरगन्जबाट बिल बिजक भन्दा बढी बोकेको खुद्रा सामानहरु सहित मालबाहक ट्रक पक्राउ गरेको छ।

पर्सा प्रहरीले वीरगन्जबाट काठमाडौ तर्फ जाँदै गरेको मालबाहक ट्रकबाट बिलविजक भन्द बढी बोकेको सामानहरु सहित मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा वीरगन्जबाट काठमाडौ तर्फ जाँदै गरेको ना ६ ख ४९४० नम्बरको मालबाहक ट्रकलाई गणडक चौकमा रोकी चेकजाँच गर्द बिल बिजकभन्दा बढि मालबस्तुहरु लोड रहेको बिलबिजक भन्दा बढी स्कास्पद देखिएको मुल्य रु ६० लाख ७९ हजार १४० रुपैया बराबरको खुद्रा सामानहरु नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले जानकारी दिए ।

पक्राउ परेका खुद्रा सामानहरु सहित मालबाहक ट्रकलाई थप अनुसन्धानको लागि राज्शव कार्यालय पथलैया बारामा बुझाएको प्रहरी उपरीक्षक शाहले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.