पर्सामा भन्सार छलि गरि ल्याएको ७ लाखको अवैध सामानहरु बरामद

रिपोर्ट नेपाल | 2024 Feb 06 | 09:58 pm 417

वीरगन्ज, २३ माघ ।  भन्सार छलि चोरी पैठारी गरि ल्याएको ७ लाख रुपैया बराबरको विभिन्न किसिमको सामानहरु वीरगन्जबाट पक्राउ गरेको छ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बसपार्क स्थित सडकखण्डमा भारतबाट अवैधरुपले भन्सार छलि गरि भित्राएको औषधी मेसिन तथा जुत्ता लगाएतको मालबस्तुहरु प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बसपार्कबाट भन्सार छलि भित्राएको SKYCutMachine-१ थान( नक्शा प्रिन्ट गर्ने मेसिन,)Plotting Paper-१ रोल,लेडिज सर्ट-२ थान, Tramanil Tablet-२१६८ पत्ता, काचो सुपारी-९४ के.जी, Afzal Mint Flavor-६० के.जी,साडी-१ थान ,कुर्ता सुरवाल-२ थान ,जुत्ता-२० जोर गरि ७ लाख ३७ हजार ६ सय रुपैया बराबरको नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले बताए।

पक्राउ परेको अवैध सामनाहरु भन्सार कार्यालय वीरगन्जमा बुझाएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.