पर्साकाे अवैध गाँजा खेती प्रहरीद्धारा नष्ट 

| 2023 Nov 30 | 12:43 pm 721

बिरगंज, मंसिर १४/ पर्साकाे ठाेरीमा लगाइएको गाँजा खेती प्रहरीले फडान गरि नष्ट गरेको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक काेमल शाहका अनुसार ठाेरी गाँउपालिका वडा नम्बर ३ र ४ का आठ हजार गाँजाका बाेट काटेर नष्ट गरिएको हाे।प्रहरी निरीक्षक सन्तोष राईकाे कमाण्डमा गएको प्रहरी टाेलिले दस कठ्ठामा लगाईएकाे गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ।नष्ट गरिएको गाँजा खेती कसले लगाएको हाे त्यो भने प्रहरीलाई थाहा नभएको र खेती गर्नेकाे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.