काठमाडौँ ०३ बैशाख / नेपाल पर्यटन बोर्डको उपध्यक्षमा रामप्रसाद सापकोटा चयन भएका छन् । आज बसेको बोर्ड बैठकले उनलाई उपध्यक्षमा चयन गरेको हो । यसअघिका उपाध्यक्ष आफ्नो तीन वर्षे कार्यकाल पूरा गरे सँगै बोर्डको उपाध्यक्ष पद खाली थियो ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सापकोटासहित राजेन्द्रबहादुर लामा, ऋषिराम भण्डारी गरी तीन जनालाई सदस्यमा मनोनयन गरेको थियो ।
सोही पदमा नवनियुक्त बोर्ड सदस्य सापकोटालाई नियुक्ति दिइएको हो । त्यसो त रिजालसँगै अन्य दुई जना बोर्ड सदस्यहरू समेत कार्यकाल पुरा गरेसँगै बाहिरिएका थिए ।
सदस्य कृष्ण शाह र नवाङ मिया शेर्पा समेत बोर्डबाट बाहिरिएसँगै गत चैत १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले व्यवसायी ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटा (कमल) लाई नियुक्त गरेको थियो । सोही तीन जना नवनियुक्त सदस्यमध्येबाट सापकोटाले उपाध्यक्षको जिम्मेवारी पाएका हुन् ।
नवनियुक्त उपाध्यक्ष सापकोटा धादिङ नीलकण्ठ नगरपालिका ज्यामरुङका हुन् भने उनी लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय छन् ।