ताप्लेजुङ, फागुन १५ : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकाेप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकाेप्टर चुहानडाँडामा दुर्घटनामा परेको हाे।
मन्त्री अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना परेकाे जनाइएको छ ।
दुर्घटनाा परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल , अर्जुन कुमार घिमिरे र वीरेन्द्र प्रसाद श्रेष्ठसहित ६ जना सवार रहेका बताइएको छ। अन्य विवरण आउन बाँकी छ ।