परीक्षणको दायरा बढाउनुपर्नेमा व्यवसायीको सुझाव

| 2020 Aug 05 | 09:08 am 1852

काठमाडौं, साउन २१ः कोरोना संक्रमणबाट मुलुक आक्रान्त बन्दै गएको बेला सरकारले फेरि एकपटक मुलुकभर लकडाउनको तयारी गरिरहेको छ । व्यापारी, व्यवसायी र बैंकरहरुले भने सरकारलाई मिश्रित सुझाव दिएका छन् ।

राजधानी उपत्यकालगायतका मुलुकका प्रमुख शहरमा कोरोना संक्रमण विस्तारै समुदाय स्तरमा फैलन थालेपछि व्यवसायीहरु थप चिन्तित बनेका छन् भने सरकारले कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेकै कारण समस्या दिन प्रतिदिन बढ्न थालेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस नियन्त्रणका लागि जुन गतिमा काम गर्नुपर्ने थियो त्यो हुन नसकेको कारण आज अवस्था भयावह बन्दै गएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बताए ।

सरकारले लकडाउन खोलेको घोषणा गरे पनि अहिले एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जुनजुन प्रावधान खडा गरेको छ, त्यसले व्यापार व्यवसायलाई चौपट बनाएको छ । लकडाउनका कारण धराशयी बन्दै गएको बेला संक्रमणले उग्ररुप लिन थालेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारले जुन अवधारणा ल्याउनुपर्ने थियो त्यसमा सरकार चुकेको छ’ –उपाध्यक्ष प्रधानले भने ।

अहिले व्यापार व्यवसाय चलेको छ भनेर जुन हौवा फैलाइएको छ त्यो गलत हो, उपाध्यक्ष प्रधानले भने– लकडाउनको रणनीतिमा परिवर्तन गर्दै परीक्षणको दायरालाई बढाउँदै जानुपर्दछ ।

उद्योग कलकारखानामा परेको असरलाई सरकारले सम्बोधन गर्ने वातावरण बनाउँदै क्वारेन्टाइनलाई ब्यवस्थित बनाउने र अस्पतालको सेवालाई समेत चुस्तदुरुस्त बनाउन उपाध्यक्ष प्रधानले सुझाव दिए ।

कोरोना संक्रमणको अवस्था हेर्ने हो भने अहिले डरलाग्दो अवस्थामा पुगेको छ । हिजो एक जनामा संक्रण देखिँदा सरकारले ४ महिना लकडाउन गर्यो अहिले टोलटोलमा संक्रमितको संख्या बढेकोबढ्यै छ तर सरकार भने चुप लागेर बसेको छ –जडीबुटी उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेले भने । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.