धरान, जेठ १९: धरान क्षेत्रका विद्यालय तथा कजेलमा भएको परिक्षाहरुमा सुरक्षाका लागि खटिए वापत आएको भत्ता ईलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरीहरुले मृगौला पिडितलाई सहयोग गरेका छन् ।
आफ्नै सहकर्मी प्रहरी जवान तेन्जेन शेर्पाकी पत्नी सुष्मा राईलाई उपचार खर्चका लागि नगद १ लाख रुपैया सहयोग गरेका हुन् । शेर्पा ईलाका प्रहरी कार्यालय धरानमा कार्यरत छन् । दुवै मृगौला फेल भएर उपचारमा समस्या झेल्दै आएकी सुष्माको उपचारका लागि सो रकम सहयोग गरिएको हो । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले शुक्रबार कार्यकक्षमा पीडितलाई नगद हस्तान्तरण गरेका छन् । ‘एक सय ४० प्रहरीको उक्त रकम बाँढ्दा प्रति व्यक्ति ८ सय जति पर्ने थियो ।’ सोही रकम सहयोग गरिएको हो, उनले भने, पीडितलाई एकमुष्ट सहयोग गर्दा केही राहत हुनेछ ।
सुष्माको धरानस्थीत विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । हप्तामा ३ पटक उचारमा लैजानु पर्ने तथा दैनिक ४ हजार खर्च हुदै आएको शेर्पाले बताए । ताप्लेजुङका शेर्पाले २०७० मा सोही जिल्लाकै शुष्मासँग प्रेम विवाह गरेका थिए । विवाहा गरेको दुई बर्षपछि श्रीमतिलाई मृगौलाको समस्या भएको शेर्पाले बताए । ‘मासिक तलवले श्रीमतीको उचार गर्न समस्या भइरहेका छ’ उनले भने, ‘भएको १२ रोपनी जग्गा पनि बेचेर उपचार गर्दा अझ ८ लाख ऋण लागिसकेका छ ।’ उनका अनुसार डाक्टरले मृगौला फेर्नु पर्ने छ । मृगौला फेर्न २० लाख खर्च लाग्ने चिकित्सकले भनेका शेर्पाले बताए ।