गुल्मी, जेठ २४: भोली शुक्रबार बिहान परिक्षण उडान हुने रेसुङ्गा एयरपोर्टका लागि आज प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख र निर्माण समितिका पदाधिकारीले स्थलगत अबलोकण गरेका छन् । मौसमले साथ दिएमा तारा एयरको विमानले भोली विहान १० बजे रेसुङ्गा एयरपोर्टमा उडान भर्ने भएको छ । सदरमुकाम तमघासबाट उद्योग वाणिज्य संघका महासचिव तारा भुसालले दिएको जानकारी अनुसार आज एयरपोर्टमै सुरक्षा प्रमुख लगाएत सरोकारवालाको बैठक बसेको थियो । बैठकमा सुरक्षा लगाएतका कार्यक्रमलार्इ भब्य र सभ्य बनाउने विषयमा समेत छलफल भएको बतार्इएको छ । विगत लामो समय देखि हवार्इ यात्राको सपना बोकेर बसेका गुल्मी, अर्घाखाँची, बाग्लुङ्ग र प्युठानका यात्रुको सपना भोली देखि विपनामा परिणत हुने भएको छ ।