वीरगन्ज,पर्साको कोईलाभारबाट सालको गुलियाहरु प्रहरीले बरामद गरेको छ। पर्सागढीको कोईलाभार टोलबाट प्रहरीले पराल भित्रबाट ७ वटा सालको गुलियाहरु बराम गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा कोईलाभार टोलमा पराल भित्र लुकाई छिपाई राखिएको सालको गुलियाहरु बरामद गरेको प्रहरी निरीक्षक राजराम केसरीले बताए। पक्राउ परेको काठ ४० इन्च मोटाइ र ७ फिट लम्बाइको एक थान, ३५ इन्च मोटाइ र ४ फिट लम्बाईको २ थान, ३० इन्च मोटाइ र ४ फिट लम्बाइको ४ थान काठ बरामद भएको हो । बरामद गरिएको सालको गोलिया सब डिभिजन वन कार्यालय सखुवनियाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराज केशरीले जानकारी दिए ।