परराष्ट्रमन्त्री साउद बंगलादेश प्रस्थान

| 2023 May 12 | 04:07 pm 429

काठमाडौं, वैशाख २९ः परराष्ट्रमन्त्री एनपी साउद शुक्रबार बंगलादेश प्रस्थान गरेका छन्।

‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नारासहित  बंगलादेशको ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन उनी शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका प्रथान गरेका हुन्।  सम्मेलनमा उनले वैशाख ३० गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले बंगलादेश सरकारका उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट गर्नुका साथै सम्मेलनका क्रममा विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग पनि भेटघाट गर्नेछन्। उनी वैशााख ३१ गते  स्वदेश फर्कने कार्यक्रम छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.