परराष्ट्रमन्त्री राणाको निमन्त्रणमा ओमानी विदेशमन्त्री आज नेपाल आउँदै

| 2024 Aug 26 | 10:16 am 261

काठमाडौँ १० भदौ / ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् ।

उनी दुई दिनका लागि नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने कार्यतालिका छ ।

यस्तै, भ्रमणको क्रममा दुई मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा भेटवार्ता तथा छलफल हुनेछ । उनी भोलि स्वदेश फर्किने कार्यतालिका छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.